Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ढुक्क  हुनुस्, भारतबाट खाद्यान्न र ग्यास पर्याप्त भित्रियो


    सोमबार, चैत्र २४ २०७६
    980
    Shares
  • १ मिनेट पाठ
  • जनकपुरधाम, २४ चैत । भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय ट्रक तथा ट्यांकर नेपाल भित्रिएका छन । लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका उक्त ट्यांकर नेपाल भित्रिएको हो ।

    प्रदेश नं २ सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ बोकेका ७० ट्याङकर, खाना पकाउने एलपिजी ग्यासका ५३ र मालवाहक ट्रक १७ भित्रिएको बताए ।

    सोही नाकाबाट रिफाइन तेल बोकेका १४ गाडी र तीन कन्टेनरका साथै महोत्तरी जिल्लाको नाका भएर तीन मालवाहक ट्रक पनि भित्रिएको छ । यहाँ लकडाउन पूर्णपालना गराउनका लागि पूर्ण रुपले कडाइ गरिएको छ । भारतसँग जोडिएका १०९ वटै नाकामा कडाइ गरी आवतजावत बन्द गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार