Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १५ लाख घुससहित बनेपा नगरपालिका ९ का वडाध्यक्ष बादे पक्राउ


    बुधबार, माघ ३ २०८०
    3.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश वादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार १५ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।

    अख्तियारको टंगालबाट खटिएको टोलीले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि रु १५ लाख घुस लिइसकेपश्चात् बादेलाई उक्त घुस ररकमसहित मध्यपुर ठिमी नगरपालिका वडा नं ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो ।

    वडाध्यक्षसंँगै आएका बा ७ च १२९ न. का कार चालक बाह्रबिसे नगरपालिका वडा नं ७ मिलनटारका पदमबहादुर प्रधानलाई समेत गाडी सहित नियन्त्रणमा लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार