काठमाडौँ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम फेर्नेदेखि पदाधिकारीको उमेर तोक्नुपर्ने व्यवस्था पार्टी विधानमा गर्न प्रस्ताव गरेका छन्।
गत शनिबार बसेको पार्टीको स्थायी समिति बैठकमा शर्माले नयाँ प्रस्ताव पेश गरेका हुन्। उनको प्रस्तावलाई पुरक प्रस्तावका रुपमा चर्चा गरिएको छ।
पार्टीको केन्द्रिय नीति योजना कार्यान्वयनको अलवा प्रदेश र स्थानीय तहका पार्टी कमिटीलाई राजकीय पदहरुको बाँडफाड, निर्वाचन, सरकार निर्माण सम्बन्धी सवै अधिकार प्रयोग गर्ने व्यगस्था विधानमा गर्नुपर्ने प्रस्ताव शर्माकाे छ।
यस्तो छ विधानमा व्यवस्था गर्न शर्माले गरेको प्रस्ताव
– पार्टीको प्रदेश अध्यक्ष केन्द्रिय समितिको (पोलिट ब्युरो) बैठकमा उपस्थित हुन पाउने व्यवस्था विधानमा राख्ने।
-सबै तहका पदाधिकारीहरु प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने।
– सबै तहका पदाधिकारीको कार्यकाल र उमेर तोक्नु पर्ने।
– पार्टीको नाम : नेकपा समाजवादी राख्नु पर्ने।
– जबस सम्बन्धी नीति : पार्टीको मार्ग दर्शक सिद्धान्त र नीतिलाई स्वीकार गरेर संगठन निर्माण, सुदृढिकरण, परिचालन, पेशागत हकहित र संघर्षका क्षेत्रमा स्वायत्तता प्रदान गर्ने।
– जबस प्रमुखहरुको संयोजन समिति बनाई पार्टीको वैचारिक र योजनागत सम्प्रेषण गर्ने व्यवस्था गर्ने।
– सरकार संचालन गर्नका लागि आवश्यक पर्ने नीति निर्माण गर्न समन्वय समिति बनाउने।
– जिल्ला समितिको कार्यक्षेत्र : वैचारिक राजनैतिक/संगठन निर्माण, सुदृढिकरण तथा परिचालन/आर्थिक उत्पादन रोजगारी÷विकास निर्माण र सरकार सम्बन्धी काम/सामाजिक सांस्कृतिक रुपान्तरण एवम् सामाजिक न्याय/अनुगमन र मूल्याङ्कन हुनुपर्ने।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend