काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् । बुढानीलकण्ठ नगरपालिका-१३ सापाटारमा सोही ठाउँ बस्ने भोजपुर घर भएकी ५० वर्षीया टिकामाया लिम्बु सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
यता मकवानपुरको हेटौँडा उपमहानगरपालिका-२ संगमचोकस्थित मानिस नबस्ने पुरानो घरमा सोही उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ४५ वर्षीय राजु गुरुङ आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका-४ पुलजिपस्थित त्रिशुली नदीको किनारमा भानु नगरपालिका-६ बस्ने ३१ वर्षीय सोम रोका सोमबार मृत अवस्थामा फेला परेका छन् ।
उता गोरखाको सिरानचोक गाउँपालिका-४ कृषिखोलास्थित खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend