Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • बागलुङमा १ पुरुष खोला किनारमा मृत भेटिए


    बुधबार, कार्तिक ८ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बागलुङ। बागलुङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बागलुङको गलकोट नगरपालिका-११ का ५२ वर्षीय नरबहादुर राना बुधबार बिहान रिघाफेदीस्थित दरमखोला किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन केसीले जानकारी दिए ।

    बुधबार बिहान गलकोट-११ का होमबहादुर सिंजालीले प्रहरी चौकी खर्वाङमा खोला किनारमा मृत अवस्थामा शव रहेको जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेको डीएसपी केसीले बताए ।

    दरम खोलाको किनारमा शव फेला परेकाले उनको मृत्यु बगेर भएको हो या अन्य कारणले भन्नेमा अनुसन्धान भइरहेको डीएसपी केसीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार