काठमाडौँ। सत्तारुढ नेकपा माओवादी केन्द्रले ५० जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन गर्ने व्यवस्था प्रस्ताव गरेको छ।
यस्तै अध्यक्षदेखि कोषाध्यक्षसम्मका २३ जना पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाटै चुन्न प्रस्ताव छ।
बाँकी २४ सदस्य भने मनोनीतबाट चयन गर्नुपर्ने सुझाव छ।
मौजुदा विधानमा २ सय केन्द्रीय समिति रहेको व्यवस्था परिमार्जन गर्दै माओवादीले निर्वाचन र मनोनित दुईवटा विधि अपनाएर केन्द्रीय समिति ९९ बनाउन सुझाव दिएको छ।
जसमा प्रदेश क्षेत्रबाट निर्वाचित गर्ने केन्द्रीय सदस्यकोसमेत संख्या तोकिएको छ।
विभिन्न एकता प्रक्रियाबाट माओवादी केन्द्र बनेपछि उसले आगामी फागुन १देखि ३ सम्म विधान सम्मेलन गर्दैछ।
उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेलसहितका नेताहरुले विधान मस्यौदा तयार पारेका हुन्।
प्रत्यक्ष निर्वाचित प्रणाली अपनाउने व्यवस्था गर्दै विधान मस्यौदा तयार पारेको हो।
कुन प्रदेशबाट कति ?
जसमा प्रदेश नं १, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र उपत्यका प्रदेशबाट ४-४ जना सदस्यका दरले ३२ जना हरेक प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन्।
उल्लेखित प्रदेशबाट १-१ जना महिला अनिर्वाय गरिनेछ। प्रतिष्ठान बाट १ महिला सहित ३ जना, एशोसियटबाट १ र प्रवासबाट २ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
आरक्षित : १२ जना केन्द्रीय सदस्य दलित २, आदिवासी जनजाति ३, मधेसी ३, मुस्लिम २, अल्पसंख्यक १ र अपाङ्ग-घाइतेबाट १ सदस्य निर्वाचित हुनेछन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend