काठमाडौँ। सत्तारुढ नेकपा माओवादी केन्द्रले ५० जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन गर्ने व्यवस्था प्रस्ताव गरेको छ।
यस्तै अध्यक्षदेखि कोषाध्यक्षसम्मका २३ जना पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाटै चुन्न प्रस्ताव छ।
बाँकी २४ सदस्य भने मनोनीतबाट चयन गर्नुपर्ने सुझाव छ।
मौजुदा विधानमा २ सय केन्द्रीय समिति रहेको व्यवस्था परिमार्जन गर्दै माओवादीले निर्वाचन र मनोनित दुईवटा विधि अपनाएर केन्द्रीय समिति ९९ बनाउन सुझाव दिएको छ।
जसमा प्रदेश क्षेत्रबाट निर्वाचित गर्ने केन्द्रीय सदस्यकोसमेत संख्या तोकिएको छ।
विभिन्न एकता प्रक्रियाबाट माओवादी केन्द्र बनेपछि उसले आगामी फागुन १देखि ३ सम्म विधान सम्मेलन गर्दैछ।
उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेलसहितका नेताहरुले विधान मस्यौदा तयार पारेका हुन्।
प्रत्यक्ष निर्वाचित प्रणाली अपनाउने व्यवस्था गर्दै विधान मस्यौदा तयार पारेको हो।
कुन प्रदेशबाट कति ?
जसमा प्रदेश नं १, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र उपत्यका प्रदेशबाट ४-४ जना सदस्यका दरले ३२ जना हरेक प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन्।
उल्लेखित प्रदेशबाट १-१ जना महिला अनिर्वाय गरिनेछ। प्रतिष्ठान बाट १ महिला सहित ३ जना, एशोसियटबाट १ र प्रवासबाट २ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
आरक्षित : १२ जना केन्द्रीय सदस्य दलित २, आदिवासी जनजाति ३, मधेसी ३, मुस्लिम २, अल्पसंख्यक १ र अपाङ्ग-घाइतेबाट १ सदस्य निर्वाचित हुनेछन्।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend