Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • बालिका बलात्कारको आरोपमा एकजना पक्राउ


    आइतबार, पुष २९ २०८०
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • वीरगन्ज। प्रहरीले बारामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । बाराको महागढीमाई नगरपालिका-२ का ३० वर्षीय अकाश मण्डललाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

    पीडित बालिकाका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा मण्डललाई शनिबार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। पीडित बालिकाको शनिबार नै कलैयास्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको जानकारी उनले दिए।

    पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको उनले बताए । प्रहरी उपरीक्षक काफ्लेका अनुसार प्रहरीमा परेको उजुरीमा मण्डलले ती बालिकालाई विभिन्न प्रलोभनमा पारेर पटक-पटक जबरजस्ती करणी गरेको उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार