वीरगन्ज। प्रहरीले बारामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । बाराको महागढीमाई नगरपालिका-२ का ३० वर्षीय अकाश मण्डललाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
पीडित बालिकाका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा मण्डललाई शनिबार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। पीडित बालिकाको शनिबार नै कलैयास्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको जानकारी उनले दिए।
पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको उनले बताए । प्रहरी उपरीक्षक काफ्लेका अनुसार प्रहरीमा परेको उजुरीमा मण्डलले ती बालिकालाई विभिन्न प्रलोभनमा पारेर पटक-पटक जबरजस्ती करणी गरेको उल्लेख छ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend