Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • अनलाइनमार्फत ब्ल्याकमेलिङ गरेर यौन शोषण गर्ने भारतीय नागरिक पक्राउ


    शुक्रबार, पुष २७ २०८०
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विद्युतीय माध्यमबाट ब्ल्याकमेलिङ गरेर यौन शोषण गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले विराटनगरबाट उनलाई पक्राउ गरेकाे हाे ।

    पक्राउ पर्नेमा जोगबनी घर भएका रवि कुमार रहेका छन् ।
    काठमाडौंमा बलात्कार गरेर भारत गएका कुमारले अश्लील भिडियो बनाएर पीडितहरुलाई विराटनगरमा बोलाएर समेत यौन शोषण गरेको प्रहरीले जनाएको छ ।

    रवि कुमारले अहिलेसम्म ३ जनालाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौं र कालिमाटीस्थित महिला बालबालिका सेवा केन्द्रमा दर्ता भएको छ । बलात्कारपछि उनले पीडिहरुलाई धम्की समेत दिने गरेको प्रहरीकाे भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार