Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सामुहिक बलात्कारको आरोपमा तीन युवा पक्राउ


    बिहिबार, पुष २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • उदयपुर। २० वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा उदयपुरका तीन युवालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बलात्कार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका–८ हिलेखोलाका ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगर पक्राउ परेका हुन्।

    किशोरीलाई ललाईफकाई हिलेखोला जंगलमा लगेर सामुहिक बलात्कार गरेको जाहेरीको आधारमा उनीहरुलाई बुधबार इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

    पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार