Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बयानमा तपस्वी बमजनले भने– तपस्वी हुँ बाहिरी संसार थाहा छैन


    बिहिबार, पुष २६ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बलात्कार र हत्या आरोपमा काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनलाई सर्लाहीस्थित जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

    उनलाई बुधबार राति सर्लाही पुर्‍याइएको थियो । जिल्ला अदालत सर्लाहीले नै उनलाई पक्राउ पुर्जी जारी गरेको थियो । उनीमाथि आश्रममा रहेका चार युवती बेपत्ता बनाएको र यौन हिंसा गरेको आरोप लागेको थियो ।

    प्रहरीले खोजी जारी राखेपछि लुकिछिपी हिँडेका बमजनलाई मंगलबार बेलुका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीको नेतृत्वको टोली मंगलबार उनी बस्ने घर हात्तीगौडा पुगेको थियो ।

    अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार मंगलबार घरमा प्रहरी पुग्दा उनको घरको मूल ढोका बन्द थियो । सधैँ पानी पुर्‍याउने मानिस घरभित्र पस्नासाथ प्रहरीको टोली समेत उनीसँगै भित्र पसे । सीसीटीभी मोनिटरिङ गर्ने रुममा त्यो बेला कोही थिएनन् । बम्जन रोटी खाँदै थिए ।
    त्यही बेला उनलाई नियन्त्रणमा लिइएको थियो । सीआईबीले पक्राउ गरेर ल्याए लगत्तै उनीमाथि सोधपुथ र बयान लिने प्रयास गरेको थियो । तर, प्रहरी अधिकारीसँग बम्जनले आफू तवस्वी र गुरु भएकाले बाहिरी संसारबारे कुनै जानकारी नै नरहेको प्रतिकृया दिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार