काठमाडौँ – हत्या र यौन हिंसाको आरोपमा गत साता पक्राउ परेका ‘तपस्वी’ राम बहादुर बम्जनले कारागारमै योग ध्यान सुरु गरेका छन्। महाेत्तरीकाे जलेश्वर कारागारमा रहेका बम्जनले जेलमै ध्यान सुरु गरेको स्रोतले जानकारी दिएको छ।
बम्जन माथि सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको आरोप छ। सो अभियोगमा जिल्ला अदालत सर्लाहीले उनलाई पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरेको थियो।
बम्जनले आफू सुत्ने कोठामै ध्यान सुरु गरेको जलेश्व कारागारका प्रमुख (जेलर) रामचन्द्र साहले बताए। उनले साँझ बिहान आफू सुत्ने ओछ्यानमा योग ध्यान गर्न थालेको साहको भनाई छ।
बम्जन शान्त देखिएको र जेलमा रहेका अन्य कैदीहरुसंग घुलमिल हुँदै गएको साहले जानकारी दिए। बम्जनले जेलमा रहेका अन्य कैदीहरुसंग कुराकानी गर्न थालेको बताइएको छ।
त्यस्तै, बम्जनलाई सुत्ने ओछ्यान छुट्टै दिए पनि छुट्टै कोठा दिइएको छैन। अन्य कैदीबन्दीलाई पकाएको मेसको खाना खान अस्वीकार गरेका बम्जनलाई कारागारमा रहेका बाबा (जोगी)हरुसँगै साकाहारी खाना खाने व्यवस्था गरिएको छ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend