काठमाडौँ – हत्या र यौन हिंसाको आरोपमा गत साता पक्राउ परेका ‘तपस्वी’ राम बहादुर बम्जनले कारागारमै योग ध्यान सुरु गरेका छन्। महाेत्तरीकाे जलेश्वर कारागारमा रहेका बम्जनले जेलमै ध्यान सुरु गरेको स्रोतले जानकारी दिएको छ।
बम्जन माथि सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको आरोप छ। सो अभियोगमा जिल्ला अदालत सर्लाहीले उनलाई पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरेको थियो।
बम्जनले आफू सुत्ने कोठामै ध्यान सुरु गरेको जलेश्व कारागारका प्रमुख (जेलर) रामचन्द्र साहले बताए। उनले साँझ बिहान आफू सुत्ने ओछ्यानमा योग ध्यान गर्न थालेको साहको भनाई छ।
बम्जन शान्त देखिएको र जेलमा रहेका अन्य कैदीहरुसंग घुलमिल हुँदै गएको साहले जानकारी दिए। बम्जनले जेलमा रहेका अन्य कैदीहरुसंग कुराकानी गर्न थालेको बताइएको छ।
त्यस्तै, बम्जनलाई सुत्ने ओछ्यान छुट्टै दिए पनि छुट्टै कोठा दिइएको छैन। अन्य कैदीबन्दीलाई पकाएको मेसको खाना खान अस्वीकार गरेका बम्जनलाई कारागारमा रहेका बाबा (जोगी)हरुसँगै साकाहारी खाना खाने व्यवस्था गरिएको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend