Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तपस्वी रामबहादुर बम्जनलाई भेट्न सीआईबी कार्यालय पुगिन् पूर्वराज्यमन्त्री लामा


    बुधबार, पुष २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अनुयायीहरुलाई बेपत्ता पारेको आरोपमा मंगलबार पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा पनि सीआईबी कार्यालयमा पुगेकी छन् । उनले हत्या, अपहरण तथा बलात्कार आरोपमा पक्राउ परेका बम्जनको बारेमा गलत प्रचार गरिएको भन्दै बचाउ गरेकी छन् ।

    बम्जनलाई मंगलबार सीआईबीको टोलीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । बमजनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालयमा पुगेका छन् । यही टोलीमा २०७४ सालमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी लामा पनि थिइन् ।

    बमजनलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वराज्यमन्त्री लामाले बमजनलाई सीआईबी कार्यालयमा रहेको थाहा पाएपछि समर्थकहरुसँगै आफू पनि आएको बताइन् । उनले कानुनलाई सम्मान गर्दै अदालतमा हाजिर हुन भनेको बताइन् ।

    बमजनलाई भेट्न भन्दै उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालय पुग्दा भीडभाड भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार