Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माण काठमाडौं महानगरकै अवधारणा अनुरुपः मेयर शाक्य


    बिहिबार, कार्तिक ६ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • ९ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरको अडानले प्रताप मल्लकालिन शैलीमा बन्यो बालगोपालेश्वर मन्दिरः मेयर शाक्य काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माणको काम काठमाडौं महानगरपालिकाले लिएको अडान र अवधारणा अनुरुप नै सम्पन्न भएको बताउनु भएको छ ।

    काठमाडौं महानगरपालिकाको ५२ औँ नगरकार्यपालिकाको बैठकलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माण सम्पन्न गर्ने कार्यलाई धेरैले असम्भव भनेका थिए तर, त्यो असम्भव कामलाई हामीले सम्भव बनाएका छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाको जिम्मेवारी भित्र रहेका यी दुई ओटा ऐतिहासिक सम्पदा विभिन्न खाले विवादका बिचमा पनि काठमाडौं महानगरपालिकाको अवधारण अनुसार नै पुनःनिर्माण सम्पन्न भई हस्तान्तरण भएका छन् ।’

    २०७२ साल माघ २ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरी बिचमा विभिन्न खाले विवादका कारण अलमल रहे पनि पाँच वर्षपछि बिहीबार उहाँले नै उद्घाटन गरेपछि अहिले रानीपोखरी हेर्न लायक बनेको छ । ‘रानीपोखरीलाई मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण गर्ने काठमाडौं महानगरपालिकाको अडानले मूर्तरुप प्राप्त गरेको छ, यसमा म आफैँ पनि धेरै खुशी छु,’ शाक्यले भन्नुभयो, ‘रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा ग्रन्थकुट शैलीको थियो । त्यो शैली मासेर जंगबहादुरले गुम्बज शैलीमा निर्माण गरेका थिए ।

    ९० सालको भुइँचालोमा पुनः भत्किएको उक्त मन्दिरलाई जुद्धशमशेरले जंगबहादुरले बनाएको भन्दा पनि फरक तर गुम्बज शैलीमै बनाएका थिए । तर, हामीले संस्कृतिविद् र सरोकारवालाहरुसँगको विभिन्न चरणको छलफलपछि प्रतापमल्लकालिन शैली अर्थात शिखर शैलीमै निर्माण गर्न सफल भयौँ ।’ जनप्रतिनिधि आउनु अघि नै रानीपोखरी पुनःनिर्माणको काम सुरु भएको पनि उहाँले स्मरण गराउनुभयो । ‘यद्यपि, रानीपोखरी पुनःनिर्माणका बारेमा २०७४ पुस ११ गते केही विवाद भएपछि मेरै अध्यक्षतामा २०७४ साल पुस १३ गते राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका तत्कालिन महानिर्देशकलगायत अन्य सरोकारवालासहितको छलफलले रानीपोखरीलाई मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण गर्ने निर्णय भयो,’ शाक्यले भन्नुभयो, ‘त्यहि बैठकले १५ दिन भित्रमा पुर्ननिर्माणका सम्वन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन दिन पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय कमिटी बनाएको थियो ।

    समितिको सदस्य सचिवमा काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा रहनु भएको थियो ।’ शाक्यका अनुसार त्यो समितिको सदस्यहरुमा संस्कृति विद प्राडा सुर्दशन तिवारी, वडाध्यक्षहरु चिनियामान बज्राचार्य, भाइराम खड्गी, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका (सम्पदा हेर्ने) महाशाखा प्रमुख राजुमान मानन्धरलगायत हुनुहुन्थ्यो ।

    सल्लाहकारमा तत्कालिन रक्षामन्त्री भिमसेन दास प्रधान, काठमाडौँ महानगरपालिकाका पुर्व मेयर केशव स्थापित र रञ्जु दर्शना रहनु भएको थियो । ‘केही सम्पदाविद् र पुरातत्व विभागले भूकम्पले क्षति पुग्नु पुर्व जस्तो स्वरुपको थियो त्यस्तै स्वरुपमा अर्थात गुम्बज शैलीमै बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण गर्नुपर्छ भन्ने अडान राखेका थिए,’ शाक्यले भन्नुभयो, ‘तर, हामीले शिखर शैलीमै बनाउनुपर्छ भनेर अडान लियौँ । हामी अडानबाट पछि हटेनौँ । अहिले हामीले भनेकै शैलीमा पुनःनिर्माण सम्पन्न भयो ।’

    प्रमुख शाक्यले रानीपोखरी पुनः निर्माणकै विषयलाई लिएर त्यो बिचमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि पटक–पटक सल्लाह मागेको स्मरण गराउनुभयो । प्रधानमन्त्रीज्युसँग सल्लाह हुँदा उहाँले पनि रानीपोखरी पुनःनिर्माणको जिम्मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिऔँ । पुनःनिर्माण सम्पन्न भएपछि काठमाडौँ महानगरपालिकालाई नै हस्तान्तरण गरौँला भनेपछि सहमति जनाएको हो । ‘रानीपोखरीको पुनःनिर्माण सम्पन्न भएपछि महानगरपालिकालाई नै हस्तान्तरण गर्ने सर्तसहित प्रधानमन्त्रीज्युको सल्लाहमै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिएका हौँ,’ शाक्यले भन्नुभयो, ‘ रानीपोखरी क्षेत्रलाई हालको शंखधर उद्यान पार्क, खुलामञ्च र त्रिचन्द्र कलेज तिरको केही भाग समेटेर तयार पारेको वृहत्तर गुरुयोजना कार्यान्वयनमा लैजाने गरी अघि बढेका छौँ । त्योसँगै काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुनेछ ।’

    शाक्यले दरबार हाइस्कुल पनि दुई तला कि चार तलाको निर्माण गर्ने भन्ने विवाद रहेको भन्दै काठमाडौँ महानगरपालिकाको अडान अनुसार नै चार तलाको निर्माण भएको जानकारी दिनुभयो । ‘केहीले पहिला जस्तो छ त्यस्तै दुई तलाकै बनाउनुपर्छ भन्दै आएका थिए,’ शाक्यले भन्नुभयो, ‘सय वर्ष पहिला दरबारियाका छोरा–छोरी मात्रै पढ्ने त्यो हाइस्कुलमा अहिले जनताका छोराछोरी अध्ययन गर्छन् ।

    त्यसैले अहिले विद्यार्थीको चाप पनि बढेको छ । त्यसैले पहिलाकै स्वरुपमा भन्दा पनि केही परिर्वन गरेर जतिसक्दो धेरै विद्यार्थी अध्ययन गर्ने गरी मौलिकतालाई पनि कायम राख्दै निर्माण गनुपर्छ भनेर अडान लिएपछि अहिले चार तलाको निर्माण भएको छ । हामीले भने अनुसारकै काम सम्पन्न भएको छ, यसमा गौरव महशुस भएको छ ।’

    रानीपोखरी पुनः निर्माणमा काठमाडौँ महानगरपालिकाको प्रयास 

    २०७४ साल पुस १३ गते प्रमुख शाक्यकै अध्यक्षतामा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका तत्कालिन महानिर्देशकलगायत अन्य सरोकारवालासहितको छलफल सम्पन्न भयो । ड्ड उक्त छलफलले रानीपोखरीलाई मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण गर्ने निर्णय गर्र्यो ड्ड त्यहि बैठकले १५ दिन भित्रमा पुर्ननिर्माणका सम्वन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन दिन पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय कमिटी बनायो । ड्ड समितिको सदस्य सचिवमा काठमाडौँ महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मालाई राखियो । ड्ड समितिको सदस्यहरुमा संस्कृति विद प्राडा सुर्दशन तिवारी, वडाध्यक्षहरु चिनियामान बज्राचार्य, भाइराम खड्गी, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका (सम्पदा हेर्ने) महाशाखा प्रमुख राजुमान मानन्धरलगायत हुनुहुन्थ्यो ।

    ड्ड सल्लाहकारमा तत्कालिन रक्षामन्त्री भिमसेन दास प्रधान, काठमाडौँ महानगरपालिकाका पुर्व मेयर केशव स्थापित र रञ्जु दर्शना रहनु भएको थियो । ड्ड उक्त समितिको बैठक २०७४ पुस १७ गते बसी रानीपोखरीलाई प्रतापमल्ल कालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनर्निमाण गर्ने सम्वन्धनमा कार्यविवरण तयार पार्नेलगायतका निर्णय गर्र्यो । ड्ड बैठकले विशेषज्ञ समितिका सदस्य सुर्दशन तिवारी र काशीनाथ तमोटबाट प्राप्त ऐतिहासिक तथ्यहरुलाई ग्रहण गर्यो । ड्ड त्यो बैठकले तत्कालिन रक्षामन्त्री प्रधान, पूर्व मेयर स्थापित र रञ्जु दर्शनासँग समितिले रानीपोखरी पुर्ननिर्माण सम्वन्धमा राय सल्लाह लिएको थियो । बैठकले पुरातत्व विभागले गरेका उत्खन्ननबाट प्राप्त विवरणको सम्वन्धमा पनि समिक्षा गरेको थियो ।

    ड्ड समितिको बैठक पुनः महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यकै उपस्थितिमा २०७४ पुस २० मा बस्यो । केही निर्णयपछि बैठक पुनः पुस २४ गते बस्यो । उक्त बैठकमा उत्खननको प्रतिवेदन पेस भएको थियो । सोही प्रतिवेदन र अन्य ऐतिहासिक तथ्यको आधारमा रानीपोखरीलाई प्रताप मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी जिर्णोद्घार गर्ने सम्वन्धमा मस्यौदा प्रतिवेदन तयार पार्ने निर्णय गरेको थियो । ड्ड विभागले गुम्बज शैलीमै बालगोपालेश्वर मन्दिर पुनः निर्माण गर्नुपर्ने अडान राख्यो । तर, महानगरपालिका आफ्नो अडानमा कायमै रहयो । ड्ड समितिको २०७४ माघ २१ गते बसेको विषेशज्ञ समितिको बैठकबाट अध्ययन प्रतिवेदनको आधारमा रानीपोखरी जिर्णोद्घार गर्ने, ड्रोइङ, डिजाइन र स्पेसिफिकेशन बनाउन पुरातत्व विभागलाई अनुरोध गर्ने निर्णय । ड्ड २०७४ चैत २२ गते तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यलगायतको उपस्थितिमा बसेको बैठकबाट रानीपोखरी (बालगोपालेश्वर मन्दिर समेत) पुःनर्मिाण गर्दा परम्परागत निर्माण सामाग्रीको प्रयोग गर्ने, हालसम्म प्रयोग गरिएका आधुनिक सामाग्री (कंक्रिट) पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले हटाई परम्परागत निर्माण सामग्रीद्वारा नै मौलिकता नविग्रिने गरी पुःननिर्माण गर्ने, रानीपोखरीको सौदर्यीकरण गर्न पुरातत्व विभाग र काठमाडौँ महानगरपालिका बीच समन्वय गर्नेलगायतको सहमति । ड्ड २०७५ साल बैशाख १३ गते पुनः काठमाडौँ महानगरपालिकाकै प्रमुखको अध्यक्षतामा बसेको बैठकले रानीपोखरीलाई प्रताप मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी जिर्णोद्घार सुरु गरी यथाशक्य छिटो सम्पन्न गर्ने निर्णय । ड्ड काठमाडौँ महानगरपालिकाको तीसौँ नगर कार्यपालिका बैठकबाट रानीपोखरी पुःननिर्माणका लागि अजय रत्न स्थापित अध्यक्ष र रोसनकाजी तुलाधर सचिव, होमप्रसाद खड्गी कोषाध्यक्ष, दिपकरत्न तुलाधर र दिपेन्द्र खड्गी सदस्य रहेको उपभोक्ता समिति गठन । ड्ड रानीपोखरी आसपासका तीन जना वडाध्यक्ष चिनियामान बज्राचार्य वडा–२७, भरतलाल श्रेष्ठ वडा–१ र भाइराम खड्गी –८ रहेको अनुगमन समिति गठन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार