Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीको पदाधिकारी बैठक बस्दै , राष्ट्रियसभा उम्मेदवार छनोट गर्ने


    आइतबार, पुष २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको छ । गठबन्धन दलहरूको बैठक सकिए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

    ‘राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि बैठक बोलाइएको हो । गठबन्धनको बैठकपछि पदाधिकारी बैठक बस्छ’, उनले भने ।

    हिजो राति चार दलबिच सिट बाँडफाँटमा सहमति भएको थियो । तर जसअनुसार माओवादीले ६ सिट पाउने भनिए पनि एकीकृत समाजवादीले थप एक सिट दाबी नछाडेपछि अहिले गठबन्धनको बैठक बसिरहेको छ । नेताहरूका अनुसार बैठकमा सातै प्रदेशमा क्लस्टर मिलाउने काम भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार