Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लमजुङमा श्रीमान्‌ले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते


    शनिबार, पुष २१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ उस्ताबेंसीसमा श्रीमान्‌ले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छन् । प्रहरीका अनुसार शुक्रबार राति साढे ८ बजेतिर २७ वर्षीय कुमार बिकले २१ वर्षीय रितु बिकलाई खुकुरी प्रहार गरेका थिए ।

    खुकुरी प्रहारबाट गम्भीर घाइते रितुलाई बेंसीसहरस्थित लमजुङ अस्पतालमा प्राथामिक उपचार गरी चितवन मेडिकल कलेज (नयाँ) मा लगिएको छ ।

    पछाडिबाट खुकुरी हान्दा रितुको बंगरा नजिकै गम्भीर चोट लागेको र बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार समयमै उद्दार गरी स्वास्थ्य संस्थामा ल्याइएका कारण समयमै उपचार पाएको र हाल खतरामुक्त रहेको प्रहरीले बताएको छ ।

    दोर्दी गाउँपालिका-४ कुप्लिङ घर भएका कुमार माइतमा रहेकी श्रीमती लिन ३ दिन अघि ससुराली आएको बुझिएको प्रहरीले बताएको छ । रितु घरमा झगडा भएपछि गत मंसिर पहिलो साता माइत आएर बसेकी थिइन् ।श्रीमतीलाई खुकुरी प्रहार गरी कुमार भागेको र उनको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार