Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • रसियन सेनामा भर्ती हुन पठाउने २ जना पक्राउ


    शुक्रबार, पुष २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रसियामा आकर्षक तलब हुने प्रलोभन देखाउँदै ठगी गर्ने कार्यमा संलग्न दुई पुरुषलाई पक्राउ गरेको छ । होटेलमा आकर्षक तलब हुने भन्दै ६ लाख असुलेर त्यहाँ पुर्‍याएपछि रुसी सेनामा भर्ती गराउन खोज्ने अलास्का ट्राभल्सका संचालक गोरखाका अर्जुन श्रेष्ठ भनिने अर्जुन सुनार र सोलुखुम्बुका शेखर राई भनिने शेर बहादुर राईलाई उक्त टोलीले पक्राउ गरेको हो ।

    उनीहरूले शंकर कार्की , राजन राई र विकास राईलाई रसिया पठाएका थिए । रसिया पुगे पश्चात् पनि शंकर कार्कीलाई रिसिभ गर्ने व्यक्तिले थप ८०० डलर लिएका थिए भने त्यसपछि उनले रसियन आर्मीमा भर्ती हुनुपर्छ भनेका थिए । तर, कार्कीले आफू आर्मीको लागि नआएको बताएनि दलालले होटेलमा कुनै काम नभएको र आर्मीको लागि बोलाएको बताएका थिए ।

    त्यसपछि शंकर कार्कीले रसिया आर्मीमा काम नगर्ने भन्दै फर्किएर प्रहरीमा उजुरी दिएका थिए । अनुसन्धानका क्रममा एसएसलीमात्रै पास गरेका कार्कीको सबै नक्कली कागजात समेत ट्राभल्सवालाले नै बनाइदिएको खुलेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

    अभियुक्तहरुलाई राजधानीबाट पक्राउ गरी मानव तस्करीको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ ।

    यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार