Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १८ लाख नक्कली नोटसहित एकजना पक्राउ


    बिहिबार, पुष १९ २०८०
    970
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • रौतहट । झण्डै १८ लाख रुपैयाँ भन्दा बढीको नेपाली नक्कली नोट सहित रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    रौतहटको देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ वर्षीय सन्दीप जयसवाललाई १८ लाख ४३ हजार रुपैयाँको नक्कली नोट सहित पक्राउ गरेको हो ।

    पटेल चोकमा सवारी चेकजाँचको क्रममा प्रहरीले जयसवालको साथबाट १ हजार ८४३ थान १ हजार दरको नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।

    पछिल्लो समय रौतहटका विभिन्न ग्रामिण बजारहरुबाट फाटफुट रुपमा नक्कली नोटहरु बरामद हुन थालेपछि प्रहरीले आफ्नो संयन्त्र प्रयोग गर्दै गोप्य सूचनाका आधारमा सो रकम बरामद गरेको हो । नक्कली नोट सहित पक्राउ परेका जयसवाललाई मुद्रा सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही अगाडि बढाएको डिएसपी गिरीले बताइन् ।

    जयसवालको साथबाट विभिन्न बैंकको ५ थान एटिएम कार्ड र १६ लाख ६५ हजार उल्लेख भएको चेक समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार