काठमाडौं, २३ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिबारे छलफल गरेका छन् ।
सभापति देउवाले आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई टेलिफोन गरी कोरोनाको बारेमा छलफल गरेको हो ।
पूर्वप्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले भने, ‘कोरोना संक्रमणको महामारीबाट नेपालीलाई जोगाउन गम्भीर भएर अघि बढ्नेबारे कुराकानी भएको हो । यस विषयमा केही दिनमै बैठक बसेर विस्तृतमा छलफल गर्ने कुरा भएको छ ।’
कांग्रेस सभापति देउवाले नेकपा अध्यक्षसमेत रहेका प्रचण्डसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने बताएका थिए । सरकारले गर्ने त्यस काममा कांग्रेसले सहयोग गर्ने पनि देउवाले दोहो¥याएको उनको सचिवालयले जनाएको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend