काठमाडौं । काठमाडौंको चाबहिलबाट एक व्यक्तिलाई अपरहण गरी रकम असुलेको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको माकलबारीका ४२ वर्षका तेजमान तामाङ र २६ वर्षका सौगात तामाङ, थलीका ३२ वर्षीय कर्मा छेवाङ थिङ र ३८ वर्षका सम्राट भन्ने वीरे तामाङ छन् । उनीहरु चारै जनाको स्थायी ठेगाना भने सिन्धुपाल्चोक हो । उनीहरुले ती अपरहण गरेको व्यक्तिबाट साढे १३ लाख रुपैयाँ असुलेको प्रहरीको भनाइ छ।
चार जनाको समूहले रसुवाका हिस्सी थाया तामाङलाई १० मंसिरमा चाबहिलबाट अपहरण गरेका थिए । जबरजस्ती ट्याक्सीमा राखेर जंगलको बाटो हुँदै राति गागलफेदीको होटलमा राखेका थिए । हिस्सी थाया तामाङको चेक प्रयोग गरेर १३ लाख ५० हजार निकालेपछि उनलाई छाडेका थिए ।
उनीहरुबाट छुटेपछि तामाङले दिएको उजुरीका आधारमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।
हिस्सी हाइड्रोपावर कम्पनीमा काम गर्थे । उनीसँग चिनजान भएको व्यक्तिले नै अपहरण गर्न लगाएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । तर घटनामा मुख्य योजनाकार मानिएका उनीहरु दुई जना भने फरार छन् ।
पक्राउ परेकाहरुले तामाङलाई अपहरण गरेको र रकम लिएको स्वीकार गरेका छन् । चेक साटेर आएको रकम २/२ लाख रुपैयाँ आफूहरुले बाँडेको र ५ लाख रुपैयाँ भने योजनाकारमध्येका एक दावाले लगेको बताएका छन् ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend