Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाडिँदै, मुद्दा नचलाइने


    शनिबार, पुष १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार आन्दोलनका क्रममा पक्राउ गरिएका ७३ जनालाई छाड्ने तयारी गरिएको छ । उनीहरूलाई आफन्तको जिम्मा लगाएर छाड्न लागिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी गराएको छ ।

    उनीहरूलाई शनिबारै छाडिनेछ । पक्राउ गरिएका ७३ जनामाथि कुनै मुद्दा नचलाउने निर्णय गरिएको प्रहरी स्रोतले जानकारी गरायो ।

    रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन फाराम भर्न नपाएको भन्दै असन्तुष्ट युवाको समूहले शुक्रबार बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि प्रदर्शन गरेको थियो । मन्त्रीको गाडीमा आगजनी समेत गरिएको थियो ।

    उक्त प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

    मृतकको शव पाटन अस्पतालमा राखिएको छ । दुवै शव आफन्तले बुझ्न बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार