Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चालीस हजार गाँजाको बिरुवा नष्ट


    शुक्रबार, पुष १३ २०८०
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जलेश्वर। महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा नष्ट गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाइएको ती बिरुवा फँडानी गरेको हो ।

    कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाई छिपाई गाँजा खेती गरिएको भन्ने सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार