काठमाण्डाै। हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिका–११ दुधेका ४५ वर्षका मेघराज राईको मृत्यु भएको छ ।
गए राति हात्तीले घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार झापामा डेढ महिनामा हात्तीको आक्रमणबाट राईसहित चार जनाको ज्यान गएको छ ।
पुसको ४ गते हल्दीबारी गाउँपालिका–२ का कार्यालय सहयोगी स्थानीय ५८ वर्षीय पाताल राजवंशीको ज्यान गएको थियो । यस्तै मङ्सिर १५ गते हल्दीबारी–३ रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वन र त्यसअघि मङ्सिर ६ गते दमक नगरपालिका–२ को बेलडाँगी शिविरका पदमलाल तामाङको हात्तीको आक्रमणमा परेर ज्यान गएको थियो ।
झापासहित मोरङ, सुनसरीमा हात्तीको आतङ्क बढेको छ । यी जिल्लामा जङ्गली हात्तीको बिगबिगी बढेको हो । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका जङ्गली हात्ती नफर्किएका कारण मुख्य गरी तीन जिल्लामा त्रास बढेको डिभिजन वन कार्यालय झापाले बताएको छ ।
काठमाडौं । तिहारको दोस्रो दिन आइतबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा,...
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend