Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकार परिवर्तन गर्ने प्रयास भइरहेको छ:शेखर कोइराला


    बिहिबार, पुष १२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ठूलो भ्रष्टाचारका काण्डहरुमा ठूला नेताहरुको हात रहेको दाबी गरेका छन् । नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले यस्तो बताएका हुन् ।

    उनले भ्रष्टाचारको काण्डमा नेताहरुको नाम मुछिएपछि ढाकछोप गरिएको बताए । दलका नेता, व्यापारी र कर्मचारीहरु मिलेर ठूला–ठूला भ्रष्टाचार गरेको उनको आरोप छ ।

    ‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो,’ पार्टीको केन्द्रीय समिति बैठक छाडेर पाँचथर पुगेका कोइरालाले भने, ‘एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ ।’

    उनले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने बताए । देशलाई निकास दिन प्रधानमन्त्री परिवर्तन गर्न कोसिस भइरहेको कोइरालाको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार