Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • मधेश प्रदेशमा डा. शेखर कोइराला पक्षको प्रभाव बढ्दै, कमजोर बन्यो देउवा गुट


    शनिबार, भाद्र ७ २०८२
    940
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बीरगंज । संविधान सभा सदस्य तथा नेपाली कांग्रेस पर्साका पूर्वसभापति राजेन्द्रबहादुर अमात्यले भदौ १४ गते बीरगंज र पर्सा जिल्ला काँग्रेसमय हुने दाबी गरेका छन् ।

    अमात्यका अनुसार नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला बी.पी. उद्यमशील अभियान–मधेश प्रदेशको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै बीरगंज आउने तयारीमा छन् ।

    बी.पी. कोइराला सोसलिस्ट इन्टरनेशनलद्वारा आयोजना गरिएको उक्त कार्यक्रमका संयोजकसमेत रहेका अमात्यले यसलाई मधेश प्रदेशमा काँग्रेसभित्र आफ्नो शक्ति प्रदर्शनको अवसरका रूपमा लिएको देखिन्छ ।

    अमात्यले पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाको प्रभाव कमजोर बन्दै गएको भन्दै कोइराला समूहप्रति कार्यकर्ताको आकर्षण बढिरहेको टिप्पणी गरे । ‘देउवाजीले आफ्ना मान्छेलाई मात्रै संरक्षण गर्छन्, तर देश र पार्टी दुबैलाई घाटा हुने निर्णय गरिरहेका छन्’ अमात्यले भने–‘जेन्टलम्यान एग्रिमेन्टअनुसार प्रधानमन्त्री उहाँ बन्ने भए पनि, बनेर गर्नु के हुन्छ ? देश र पार्टीलाई फाइदा होइन क्षति हुन्छ ।’

    मधेश प्रदेशमा शेखर कोइराला गुटको पकड बढ्दै गएको चर्चा भइरहेका बेला देउवा पक्षले समेत दबाब महसुस गरेको देखिन्छ ।

    यसैबीच पार्टीका सहमहामन्त्री महेन्द्र यादव र प्रदेश अध्यक्ष कृष्ण यादवले महोत्तरीका देवेन्द्र यादवलाई हतारमा कांग्रेस प्रवेश गराएको घटना चर्चामा आएको छ । पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्माले उनलाई सदस्यता दिएको २४ घण्टा नबित्दै विवादमा परेपछि मिडियाले यो कदमको आलोचना गरेको हो ।

    लोसपाका पूर्व महामन्त्री रहेका देवेन्द्र यादवमाथि तत्कालीन सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप रहेको र अदालतमा फरार प्रतिवादीको सूचीमा रहेको बताइन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार