Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्रोत नखुलेको १९ लाख ५० हजार सहित विराटनगरबाट एक जना पक्राउ


    बिहिबार, पुष १२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। विराटनगरबाट स्रोत नखुलेको १९ लाख पचास हजार रुपैयाँ नगद सहित एक जना पक्राउ परेका छन् । स्रोत नखुलेको रकम बोकेर हिँडिरहेको अवस्थामा सुनसरीको देवानगन्ज गाउँपालिका-५ का ४९ वर्षीय सुरेसप्रसाद साह विराटनगर महानगरपालिका-६ केशलियामार्गबाट पक्राउ परेका हुन् ।

    प्रहरीले साह सवार को ७प५ २२१ नम्बरको मोटरसाइकल र एक थान मोवाईल सेट पनि नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

    उनका अनुसार बरामद रकम सहित साहलाई आवश्यक अनुसन्धानका लागि आज राजस्व अनुसन्धान कार्यालय ईटहरीमा पठाउने तयारी भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार