Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • ८८ किलो गाँजासहित हेटौँडाबाट एक जना पक्राउ


    बुधबार, पुष ११ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरमा ८८ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातामाटे चेकपोष्टबाट प्रहरीले ८८ किलो गाँजासहित उनलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका–६, बज्रबाराहीका २५ वर्षीय सविन कुमार गुरुङ रहेका छन् ।

    प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले चितवनबाट सर्लाही जाँदै गरेको ना ८ ख ७५०४ नम्बरको कन्टेनर ट्रकलाई जाँच गर्दा लागुऔषध गाँजा रहेको पाइएपछि गुरुङसहित ट्रकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार