Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिसोका कारण भूकम्पपीडित सुत्केरी महिलाको मृत्यु


    बुधबार, पुष ११ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जाजरकोटमा चिसोका कारण भूकम्पपीडित सुत्केरी महिलाको मृत्यु भएको छ । आज सुत्केरी महिलाको चिसोका कारण मृत्यु भएको हो ।

    मृत्यु हुनेमा कुशे गाउँपालिका –९ को घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपाली रहेकी छन् ।

    स्थानीयका अनुसार कल्पनाले मङ्सिर १७ गते जुम्ल्याहा दुई वटा बच्चा जन्माएकी थिइन् । कार्तिक १७ गते गएको भूकम्पले कल्पनाको घरमा क्षति पुर्‍याएको थियो । भूकम्पपछि उनीसँगै सासू र श्रीमान् त्रिपालमा बस्दै आएकी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार