Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेबिसंघका उपसभापति नै क्वारेन्टाइनमा


    आइतबार, चैत्र २३ २०७६
    795
    Shares
  • १ मिनेट पाठ
  • बुटवल, २३ चैत । कोरोनाको लक्षण देखिएका एक बिरामीलाई उपचारको क्रममा नजिक भएपछि  नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय उपसभापति मुक्तिराज पौडेल क्वारेन्टाइनमा बसेका छन् ।

    संक्रमित व्यक्ति तीन हप्ताअघि विदेशबाट आएको बुझिएको छ । उनले आफ्नै घरको एक कोठालाई चार दिनदेखि क्वारेन्टाइनको रुपमा प्रयोग गरिरहेको बताए ।

    पौडेल घरपरिवारसँग पनि सम्पर्कमा छैनन् । ‘खाने भाँडाकुडा छुट्टै प्रयोग गरेको छु’, उनले भने, ‘खाएको भाडाहरू आफै माझेर राख्छु ।’

    शंका लागेकाले आफू सुरक्षित हुन र अरुलाई सुरक्षित गराउनका लागि क्वारेन्टाइनमा बसेको उपसभापति पौडेलले बताएका छन् ।

    आइतवार ती व्यक्तिको स्वाब परीक्षणको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाने र परीक्षणपछि आउने रिर्पोटका आधारमा आफू क्वारेन्टाइनको बसाइँलाई निर्कौल गर्ने उपसभापति पौडेलको भनाई छ ।

    आफ्नो स्वास्थ्यमा भने त्यस्तो केही नदेखिएको नेविसंघका उपसभापति पौडेलले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार