Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सहकारी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली कार्यकक्षबाटै पक्राउ


    बुधबार, पुष ११ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली सहकारी ठगी प्रकरणमा कार्यकक्षबाटै पक्राउ परेका छन्।

    उनलाई आज प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । ‘हिजो-अस्ती उहाँ हाजिर हुनुभएको थिएन। बिदा पनि थियो। आज उहाँ हाजिर भएको थाहा पाएपछि हामीले लिएर आयौं,’ पौडेलले भने।

    उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिदिन भन्दै पर्वतलाई पत्राचार गरेको थियो। उनलाई पक्राउ गरी आजै पोखरा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।

    सर्वसाधारणले मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले रजिष्ट्रार पराजुलीलाई घुस खुवाएको बयान दिएका थिए।

    स्याङ्जामा सहकारीको सेवा केन्द्र बिस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड १५ लाख रूपैयाँ घुस दिएको बताएका थिए।

    पौडेल र अधिकारीलाई सर्वसाधारणले बचत गरेको २६ करोड रूपैयाँ अपचलन आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

    सहकारीले पोखरासहित स्याङ्जाको आँधीखोला गाउँपालिकामा सेवा केन्द्र स्थापना गरेको थियो। सहकारीले स्थानीय तहभन्दा बाहिर शाखा वा सेवा केन्द्र सञ्चालन गर्दा सहकारी रजिष्ट्रारको कार्यालयबाट अनुमति लिनुपर्छ।

    पराजुली २०६९ भदौ दोस्रो सातासम्म सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार