Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ


    बुधबार, पुष ११ २०८०
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राजधानीबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

    काठमाडौं महाराजगंज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाईट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डित समेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ३ सय नेपाली रूपैयाँ, ८ हजार भारतीय रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार