Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अधिवेशनको माग माग्दै नेविसंघ अध्यक्षलाई बुझाइयो ध्यानाकर्षण पत्र


    मंगलबार, पुष १० २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई १२ औँ अधिवेशन गर्न माग गर्दै केन्द्रीय सदस्यहरूले ध्यानाकर्षण गराएका छन् । नेविसंघका केन्द्रीय सदस्य डा. नरेश भट्ट, आदर्श मल्ल लगायतले आज शेर्पालाई नेविसंघ १२ औँ अधिवेशन सुनिश्चित गर्न र तत्काल केन्द्रीय समितिको बैठक राख्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

    केन्द्रीय सदस्यहरूले केन्द्रीय समितिको पूर्ण बैठक तत्काल बोलाउन आह्वान गरेका छन् । उनीहरूले केन्द्रीय समिति बैठक महत्त्वपूर्ण मुद्दाहरू सम्बोधन गर्न र संगठनको भविष्यलाई आकार दिन आवश्यक रहेको भन्दै बैठक माग गरेका छन् ।

    ध्यानाकर्षण पत्रमा प्रतिनिधि छनोट, अधिवेशन आयोजक समितिको गठन र अधिवेशनको पूर्ण कार्यतालिकाको सार्वजनिक गर्नुपर्ने लगायतका माग अध्यक्ष शेर्पासमक्ष राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार