Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सीताराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसघंको टिम निर्विरोध


    बुधबार, चैत्र ८ २०७९
    3.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । डोटीको एक क्याम्पसमा नेपाल विद्यार्थी संघको टिम नै निर्विरोध निर्वाचित भएको छ । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको क्याम्पसमा नेविसंघले पहिलो खाता खोलेको हो ।

    जिल्लाको सीताराम बहुमुखी क्याम्पस उच्चाकोटमा नेविसंघको पुरै प्यानल नै निर्विरोध निवार्चित भएको हो । अन्य कुनै पनि पार्टीको उम्मेदवारी नपरेपछि नेविसंघका उम्मेदवारलाई निर्वाचन समितीले विजयी घोषणा गरेको हो ।

    सभापतीमा उमेश बलायर, सचिवमा मनिषा कुमारी भट्ट र कोषाध्यक्षमा ललित बहादुर साउँद निर्वाचित भएका छन् । उक्त क्याम्पसमा तीन विधार्थी संगठन दर्ता भए पनि सभापतिमा नेविसंघ र अनेरास्ववियुले उम्मेदवारी दिएका थिए ।

    तर दावी विरोधमा अनेरास्ववियुका उम्मेदवारको उम्मेदवारी रद्द भएपछि नेविसंघका उम्मेदवारी निर्विरोध विजयी भएको क्याम्पस प्रमुख चेतराज भट्टले बताए । उक्त क्याम्पसमा ५८ मतदाता रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार