Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेविसंघले माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा


    बुधबार, भाद्र २० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ। पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि आज दिउँसो भृकुटीमण्डपमा खुकुरी प्रहार भएपछि नेविसंघले विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको राजीनामा मागेको हो।

    उक्त घटनाको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने नेविसंघले बताएको छ । यस घटनालाई गहिरोसँग अनुसन्धान गर्न पनि नेविसंघले माग गरेको छ।

    ‘राजधानीको सार्वजनिक स्थलमा पूर्वमन्त्रीजस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने गृहमन्त्रीको राजीनामा समेत माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

    खुकुरी प्रहारबाट घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । राजवादी श्यामबाबु सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्ने नुवाकोट सापकोटा पक्राउ गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार