Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रत्नपार्कको शान्ति बाटिकामा मोहन वैद्यका कार्यकर्ता र प्रहरीबीच हात हालाहाल


    मंगलबार, पुष १० २०८०
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रत्नपार्कको शान्ति बाटिकामा मोहन वैद्य नेतृत्वको कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल भएको छ ।

    वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आयोजित कार्यक्रममा आज मंगलबार धकेलाधकेल भएको हो । माओ दिवसको अवसरमा वैद्यको पार्टीले शान्ति बाटिकामा कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रमका कारण रत्नपार्कको सडक अवरुद्ध भएको छ ।

    बाटो खुलाउन खोज्दा वैद्यका कार्यकर्ता र प्रहरीबीच केहीबेर धकेलाधकेल भएको काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिए । अहिलेभने साम्य भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार