Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हवाई टिकटमा मनपरी रोक्न जुम्लामा कोटा प्रणाली लागू गर्ने सहमति


    मंगलबार, पुष १० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जुम्ला। जुम्ला विमानस्थलमा लामो समयदेखि हवाई टिकट वितरणमा देखिएको मनपरी रोक्न सरोकारवालाले कोटा प्रणाली लागू गर्ने सहमति गरेका छन् । विमानस्थलमा निजी हवाई कम्पनीले मनपरी रूपमा टिकट बाँड्ने, विमानस्थलबाहिर कार्यालय नखोल्ने, फोनको भरमै आफन्तलाई टिकट दिने र सर्वसाधारण नागरिकले सहजै टिकट नपाउने जस्ता गुनासो बढेपछि विमानस्थल कार्यालयले सर्वपक्षीय बैठक बोलाएको थियो ।

    सर्वसाधारण र बिरामीले जहाजको टिकट पाउन सहज नभएको गुनासो आएपछि सर्वपक्षीय बैठक आह्वान गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पुष्टि गरे । उक्त बैठकले विमानस्थलमा टिकट वितरण प्रक्रिया पारदर्शी हुनुपर्ने र एक दिनअगावै यात्रुको हातमा टिकट थमाइसक्नुपर्ने निर्णय गरेको छ । जुम्ला विमानस्थलमा सञ्चालित प्रत्येक वायुसेवा कम्पनीले आपसमा सहकार्य गरेर टिकट वितरण सहज बनाउनुपर्ने र हरेक विमान कम्पनीले १० सिट सर्वसाधारणका लागि उपलब्ध गराउनुपर्ने निर्णयसमेत गरेको घिमिरेले जनाए ।

    प्रत्येक उडानमा बिरामी, अशक्त र सुरक्षाकर्मीका लागि दुई/दुई सिट, जिल्ला प्रशासनका लागि दुई सिट जहाज उड्ने अन्तिमसम्म छुट्याउनुपर्ने र अत्यावश्यक काम भएका यात्रुलाई प्राथमिकतामा राखिनुपर्ने निर्णय गरिएको छ । टिकटलाई तीनथरी बनाएर ‘ए’ जरुरी काम परेकालाई, ‘बी’ बिरामीका लागि र ‘सी’ सरकारी कर्मचारीका लागि दिइने निर्णय भएको घिमिरेले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार