Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काभ्रेमा कोठाभित्र गुम्सिएर श्रीमानको मृत्यु, श्रीमती घाइते


    मंगलबार, पुष १० २०८०
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काभ्रेमा कोठाभित्र हिटर र कोइला तापेर सुत्दा निस्सासिएर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

    कोठाभित्र गुम्सिएर काभ्रेको नमोबुद्ध नगरपालिका– १ का पूर्ववडा अध्यक्ष कर्मा ग्याल्बो लामाको मृत्यु भएको र उनकी श्रीमती असनी लामा घाइते भएको प्रहरीले जनाएको छ ।

    ग्याल्बो लामाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

    सोमबार बेलुका खाना खाएर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि छोराबुहारीले ढोका खोली हेर्दा बेहोस अवस्थामा भेटिएका थिए। त्यसपछि उनीहरूलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

    लामाकी श्रीमतीको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार