Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • प्रधानमन्त्रीको दाबी- विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने काम गर्दै छु 


    मंगलबार, पुष १० २०८०
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने गरी अघि बढिरहेको धारणा व्यक्त गरेका छन् ।

    मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा १३१ औं माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गर्दा आफूले वर्ष दिनमा गरेका काम र अब गर्ने कामका बारेमा जनतालाई जानकारी गराउने उल्लेख गरे ।

    उनले परम्परा तोडेर प्रधानमन्त्रीको रूपमा नयाँ काम गर्ने योजना रहेको बताए । उनले सिंहदरबारको कामलाई व्यवस्थित बनाउन मन्त्री र मन्त्रालयका सचिवहरूलाई आफू १० बजे नै सिंहदरबार पुगेर उनीहरूसँग छलफल गर्ने र परिणाममुखी काम गर्न निर्देशन दिने गरेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार