Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुरुङमार्ग निर्माणका लागि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने


    सोमबार, पुष ९ २०८०
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पाल्पाको दोभान क्षेत्रमा रहेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । सुरुङ मार्ग निर्माण गर्नुपर्ने भएकोले पुस १६ गतेबाट राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको हाे ।

    राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जनाइएको छ । तर अत्यावश्यक सवारी साधनलाई भने कुनै रोक लगाइएको छैन । सो सडक खण्डमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङ निर्माणको काम गरिरहेको छ ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीको कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सडक बन्द हुनेबारे सूचना प्रभावकारी रूपमा सम्प्रेषण गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार