काठमाडौँ । जनकपुरकी आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले होटेलबाट पक्राउ गरेको छ।
जनकपुरधामको सीताचोकस्थित सगुन होटेलबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक प्रक्रिया पुरा गरी करागार चलान गरिने धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले जानकारी दिए।
गत मंसिर २० गते सर्वोच्च अदालतले पति मोतीबाबुलाई पुनः पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिए बमोजिम उनलाई पक्राउ गरिएको एसपी शर्माले बताए।
गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापाचोकमा आफ्नै घरमा झुण्डिएको अवस्थामा आरती मृत भेटिएकी थिइन्।
उनलाई परिवारले उपचारको लागि भन्दै काव्या अस्पताल लगेपछि घटनाबारे प्रहरीले थाहा पाएको थियो। आरतीकी माइती पक्षले श्रीमान, देवर, ससुरा लगायतले हत्या गरी झुण्ड्याएको आरोप लगाउँदै आएको छ।
यो मुद्दामा धनुषा जिल्ला अदालतले आरतीकी श्रीमान मोतीबाबु र ससुरा मदनमोहन व्याहुत सुँडीलाई थुनामा पठाउने आदेश दिएको थियो।
तर असोज १८मा उच्च अदालत जनकपुरले थुनामा रहेका दुबैजनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो। त्यसविरूद्ध आरतीकी परिवार सर्वोच्च अदालत पुगेको थियो।
उक्त रिटमा माथिको सुनुवाइमा आरतीको श्रीमानलाई थुनामा पठाउने आदेश दिएको थियो। आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कडा कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend