Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • नवलपुरको जंगलमा सासू-बुहारी मृत फेला


    सोमबार, पुष ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नवलपुरको जंगलमा घाँस काट्न गएका सासू-बुहारी मृत फेला परेका छन् । नवलपुर विनयी त्रिवेणी गाउँपालिका-१ को विनय सामुदायिक वनमा घाँस काट्न गएका सासू ६० वर्षीया मनादेवी पौडेल र बुहारी २८ वर्षीया विष्णु पौडेल आइतबार राति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

    उनीहरु आइतबार दिउँसो घाँस काट्न भनेर जंगलमा गएका थिए । अबेरसम्म पनि उनीहरु घर नफर्किएपछि प्रहरीको सहयोगमा खोजी सुरु गरिएको थियो । खोज्ने क्रममा गएराति १० बजेतिर जंगलमा दुवै जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

    उनीहरुको शवलाई मध्यविन्दु अस्पतालमा ल्याएर राखिएको छ ।
    उनीहरुको बाघको आक्रमणबाट ज्यान गएको अनुमान प्रहरीले गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार