Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्च अदालतका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त


    आइतबार, पुष ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्चका मुख्य रजिष्टार लालवहादुर कुँवर र रजिष्टार निर्मला पौडेल भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् ।

    आज बसेको न्याय परिषदको बैठकले कुँवर र पौडेललाई उच्चको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको हो । यसअघि न्यायाधीश सिफारिस गर्दा कुँवरले अश्वीकार गरेका थिए । यसअघिका मुख्य रजिष्टार मुख्य न्यायाधीश बन्ने गरेका थिए ।

    तर पछिल्लो नियमावली संशोधनपछि शीर्ष वरियतामा रहनेगरी कुँवर न्यायाधीश बनेका हुन् । उनको रोलक्रम अनुसार राजन भट्टराईपछि मुख्य न्यायाधीशको पालो आउनेछ ।

    न्यायाधीश नियुक्त भएका कुँवर उच्च अदालत पाटन र पौडेल पोखरामा पदस्थापन समेत भएका छन् ।

    त्यस्तै उच्च अदालत बुटवल इजलासका न्यायाधीश चन्द्रवहादुर सारुलाई परिषद बैठकले नेपालगन्ज इज्लासमा सरुवा गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार