Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु


    आइतबार, पुष ८ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको सबैला नगरपालिका-१२, रघुनाथपुरका ३१ वर्षीय जयनारायण पालको निधन भएको छ । उपचारको क्रममा जनकपुरधामस्थित कृष्ण अस्पतालमा शनिबार राती १ बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    वीरेन्द्रबजार-महिनाथपुर सडक मार्गअन्तर्गत सबैला नगरपालिका–९, सिमराढीमा दक्षिणबाट उत्तरतर्फ आइरहेको ज १ त १७४५ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट गइरहेको प्रदेश २-००६ प ७९३८ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते भएका पाललाई तत्कालै उपचारका लागि जनकपुरस्थित रामजानकी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि कृष्ण अस्पतालमा लगिएको थियो ।

    ठक्कर दिने एम्बुलेन्स र त्यसका चालक महोत्तरीको मटिहानी नगरपालिका-१, का वीरेन्द्र मण्डललाई प्रहरी नियन्त्तणमा राखिएको इलाका प्रहरी कार्यालय सबैलाले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार