Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • नेपाल प्रहरीका सई भक्तपुरमा मृत फेला


    आइतबार, पुष ८ २०८०
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भक्तपुर । प्रहरी नायव निरीक्षक (सई) भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत भेटिएका हुन् ।

    उनी आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेको भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टले जानकारी दिए ।

    उनको मृत्युको कारण खुलेको छैन । उनी मृत फेला परेको जानकारी पाउनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको थियो ।

    यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार