Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा शीर्ष नेताको बैठक: टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गरिने


    आइतबार, पुष ८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष दलका नेताबीच बालुवाटारमा छलफल भएको छ ।

    आज बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

    उक्त भेटमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि भएका छलफल र नमिलेका विषयबारे बैठकमा जानकारी गराइएको बताए । उनले आगामी संसद् अधिवेशनबाट विधेयक पारित गर्ने कुरा भएको पनि जानकारी दिए ।

    “सदनमा विचाराधीन रहेको टिआरसी विधेयकमा भएको कुरा र थप मिल्नुपर्ने कुरामा जानकारी गराइयो,” उनले भने, “यो विधेयक आउने अधिवेशनबाट पारित गरेर जाने कुरा भयो ।”

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार