परासी । नवलपरासी र पश्चिम नवलपरासीको परासीमा रहेको सुरक्षा बेस परासीका इन्स्पेक्टर केशव भट्टराईले संगठनको नाम बेच्दै नवलपरासीमा आर्थिक ताण्डव मचाएका छन् ।
सीमा नाकाका साथसाथै परासी ग्रामीण क्षेत्रमा समेत निगरानी बढाएको सशस्त्र प्रहरी बल नेपालको संगठनलाई नै बदनाम गराउन सुरक्षा बेस परासीका कार्यालय प्रमुख इन्स्पेक्टर भट्टराईले तस्करहरुसँग आर्थिक लेनदेन गर्ने गरेकोे आरोप छ ।
सुरक्षा बेस परासीका कार्यालय प्रमुख इन्स्पेक्टर केशव भट्टराईको मिलेमतोमा भारतसँग सीमा जोडिएका नाकाहरुबाट अबैध तस्करी ओसारपोसार हुने गरेको छ । नवलपरासीको भारतसँग सीमा जोडिएका नाकाबाट बिभिन्न सामान सशस्त्र प्रहरीकै मिलोमतोमा ल्याउने र लैजाने गरिएको छ ।
भारतबाट इलेक्ट्रोनिक सामग्री, लत्ताकपडा, सवारी साधनका पाटपुर्जा, गाईभैंसी, खसीबोका, खाद्यान्न सामग्री, खुकुराहरु भित्र्याउने गरेको पाइन्छ । नेपालबाट केराउ, छोगडा, मरिच, अलैंची र कबाडीका समान भारततर्फ जाने गरेको पाइन्छ । यस कार्यमा बढी मात्रामा सशस्त्र प्रहरी कै मिलोमतोमा भएको छ । भन्सारछलीका सामान वारपार गराउँदा लाभ लिन पाउने भएकाले सशस्त्र प्रहरीका बीओपी र सुरक्षा बेसमा सरुवा हुन सबैभन्दा बढी चलखेल हुने गर्दछ ।
सशस्त्रका उच्च अधिकारीदेखि गृहमन्त्रालय र नेताहरुलाई प्रभावमा पारी सीमाक्षेत्रमा गराएका बीओपी र बेसका इन्स्पेक्टरहरुले त्यो लगानी उठाउनका लागि भन्सारछलीका सामान वारपार गराउन छुट दिने गरेका छन् । सीमाक्षेत्रमा तस्करी गराउनेहरुले मासिक दररेट नै बुझाउनेगरी लाइन पाउने गरेका छन् ।
सुरक्षा बेस परासीका इन्स्पेक्टर केशव भट्टराईले गेरमाका ८ जना भन्सार छलीका सामान ओसारपसार गर्ने ब्यापारीसँग मासिक दररेट तोकेर लिने गरेका छन् । एक ब्यापारीले ३० हजारका दरले तस्करीको लाइन पाएको स्रोत बताउँछ । इन्स्पेक्टरले सुनवल र भूमही खोलाबाट पनि मासिक दररेट तोकेर लिने गरेको आरोप छ ।
केही दिन पहिला इन्स्पेक्टर भट्टराईले परासीका शिवकुमारको पसलबाट आफ्नो छोराका लागि ११ हजार रुपैयाँ पर्ने साइकल मागेको अडियो नै नेपालफेसलाई प्राप्त भएको छ । बालगोविन्द रौनियार नामका ब्यापारीबाट उनले साइकल मागेका थिए । रौनियारले साइकल दिएको फोन रेकर्ड सुन्न सकिन्छ । उक्त बिल पनि नेपालफेससँग सुरक्षित रहेको छ ।
सुन्नुहोस् सशस्त्रका हाकिमले साइकल मागेको अडियो
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend