Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नगरपालिकाका उपप्रमुख महतोको गाडीमा आगजनी


    आइतबार, पुष ८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । महोत्तरी गौशाला नगरपालिकाकी उप-प्रमुख रेणुकुमारी महतो चढ्ने सरकारी गाडीमा मध्यराति आगजनी गरिएको छ।

    गौशाला नगरपालिका १ रामनगरस्थित उपप्रमुख महतो आफ्नै घर अगाडी पार्किङ गरेर राखेको प्रदेश २-००२-००१ झ ०००५ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेका हुन् । पछाडिको टायरमा पेट्रोल छर्केर आगो लगाइएको देखिएको छ ।

    आइतबार बिहानै करिब दुई बजेतिर उपप्रमुख महतो चढ्ने गाडीमा आगजनी गर्दा पछाडिको भागमा सामान्य क्षति पुगेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले बताए ।

    उनका अनुसार आगजनी कसले गरेको विषयमा केहि खुलेको छैन । अनुसन्धान भइरहेको छ ।

    उपप्रमुख महतो जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार