काठमाडाैं। विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनामा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित आपराधिक समूहको संलग्नता देखिएको छ । ती समूहले अवैध ओसारपसार र कारोबार गर्दा दैनिकजसो कानुन कार्यान्वयन गर्ने निकायको आँखा छल्दै नयाँ प्रविधि र फरक बाटो प्रयोग गर्ने गरेको तथ्य पनि सार्वजनिक भएको छ ।
वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) को कार्यालयका अनुसार सन् २०२३ को नोभेम्बरसम्ममा इन्टरपोल र विश्व भन्सार सङ्गठनले अवैध कारोबारमा संलग्न भएका पाँच सयभन्दा बढी व्यक्ति पक्राउ गरेको छ । साइटिस महासविच इभोन हिगुएरोले यो तथ्याङ्कलाई निकै डरलाग्दो अवस्था भएको टिप्पणी गरे । वन्यजन्तु अपराध अनुन्धानमा संलग्न उनले अन्तर्राष्ट्रिय आपराधिक जालोलाई कमजोर पार्न सकिएन भने हाल यस पृथ्वीमा बाँच्न सफल दुर्लभ वन्यजन्तु र वनस्पति लोप भएर जाने सम्भावना रहेको बताए ।
उनले विश्वव्यापी यो अपराधलाई जित्न पक्ष राष्ट्रहरूबिच थप समन्वय र सहयोगका लागि विश्व समुदायलाई आग्रह पनि गरे । महासचिव हिगुएरोले नक्कली कागज र प्रमाण बनाएर, अनुमति पत्रहरू किर्ते गरेर, ओसारपसारको अनुमतिपत्रमा उल्लेख भएभन्दा फरक वस्तु ओसारपसार गर्ने गरेकाले सीमा नाका तथा भन्सार कर्मचारीलाई प्रशिक्षण हुनुपर्नेमा जोड दिए । नेपाल साइटिसको पक्ष राष्ट्र हो ।
साइटिस कार्यालयले दिएको जानकारी अनुसार बरामद भएका मध्ये तीन सय किलोग्रामभन्दा बढी हात्तीका दाँत मात्र छन् । ३० टन वनस्पतिको जरा, डाँठ, पात, फूल तथा फल छन् भने एक सय टनभन्दा बढी कछुवाका अन्डा पनि छन् ।
सयभन्दा बढी गैँडाको सिङ, बाघका छाला पक्राउ परेका छन् । जफत गरिएका मध्ये दुर्लभ चराका अङ्ग, अजिङ्गरका दाँत, बिरालो प्रजातिका वन्यजन्तुका छाला र पित्त, समुद्री प्रजातिका माछाका अन्डा पनि छन् । विभिन्न स्थानमा पक्राउ परेका ४४० पानी जहाजले बोक्न सक्ने साइटिसको अनुसूचीमा परेका रक्तचन्दन जस्ता काठ पनि छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend