Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी छ : परराष्ट्रमन्त्री


    शनिबार, पुष ७ २०८०
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आतङ्कवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताएका छन् । न्यूज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले सो कुरा बताएका हुन् ।

    प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताए । उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको जिकिर गरे ।

    “प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता संस्थागत भएको छ, प्रजातान्त्रिक मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रुपमा राज्यले मान्यता दिएको छ”, परराष्ट्रमन्त्रीले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार