Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भिजिट भिसा प्रकरणमा थप एकजना ट्राभल्स सञ्चालक पक्राउ


    शनिबार, पुष ७ २०८०
    850
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाई मानव तस्करी प्रकरणमा थप एक जना ट्राभल्स सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको शनिश्चरे नगरपालिका–७ घर भएका ४५ वर्षीय विनोद कार्की रहेका छन् ।

    कार्की ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको सिटी टुर्स एन्ड ट्राभल्सका सञ्चालक हुन् । भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा उनले सघाउने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको भनाई छ । कार्कीलाई पुस ५ गते काठमाडौँको बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको छ ।

    भिजिट भिसामा विदेश जान लागे का युवा युवतीहरूको शङ्कास्पद कागजातसहित राहदानी असोज १७ गते देखि हाल सम्म १५१३ थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएको प्रहरीको भनाई छ । सो मध्ये २४६ कागजात नक्कली ंद्द को सर्टिफिकेट , श्रम स्वीकृति , नाता प्रमाणित , प्रहरी रिपोर्ट र बैंक स्टेटमेन्ट नक्कली देखिएको थियो ।

    उक्त कागजातहरू बनाउने व्यक्तिहरूको पहिचान गर्ने र उक्त नक्कली कागजातका आधारमा के(कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा एजेन्ट , कन्सल्टेन्सी , ट्राभल्स एजेन्सीहरूले एयरलाइन्सलाई प्रतिव्यक्ति रु। १०,०००।– देखि १५,०००।– सम्म र अध्यागमनलाई प्रतिव्यक्ति रु। ४०,०००।– देखि रु। ५५,०००।– सम्म सेटिङ मिलाई विदेश पठाउने खुल्न आएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार