Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरिया जान १ लाख ४३ हजारले दिए आवेदन


    शनिबार, पुष ७ २०८०
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको संख्या ह्वातै बढेको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम दिएका हुन् ।

    ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले उत्पादनमूलक तर्फका लागि १ लाख ४३ हजार ८१२ जनाले आवेदन फाराम भरेको जानकारी दिए ।

    पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएको थियो । कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जना माग गरेकामा झण्डै १० गुणा बढी आवेदन परेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार